१ बैशाख २०८१, शनिबार । April 14, 2024

ग्लोबल

साझा सद्भाव कोरियामा किराती



फागुन ३०, सोमबार।
कोरिया । रविन्द्र मिश्रले घोषणा गरेको नयाँ साझा पार्टी नेपालमा नै घोषणा भैनसकेका बेला दक्षिण कोरियामा भने मिलन कान्छा किरातीको संयोजकत्वमा गठन भएको छ ।
बवुराम भट्राईको निकट मानिने मिलन कान्छा किरातीले नयाँ शक्ति पार्टीको कोरिया बाट सल्लाहकार थिए । सल्लाहकार बाट राजिनामा दिएको केहीदिन पछि नै कोरियाको राजधानी सियोलमा साझा सद्भाव भन्ने संगठन विस्तार भएको हो । पार्टीको सचिवालय सदस्यहरुमा रुद्रप्रसाद चापागाईं, सञ्जीव घिमिरे, हरी चालिसे र प्रवक्तामा मणि चापागाईं छन् । नव संयोजक किरातीका अनुसार बाबुराम भट्राई वैचारिक स्खलन भएकाले विकल्प स्वरुप साझा पार्टी गठन भएको बताए । साझा पार्टीको समन्वयमा साझा सद्भाव गठन गरिएको हो । किराती माईग्रेसन नेपाली संघ कोरियाका संस्थापक समेत हुन् ।

प्रकाशित : ३० फाल्गुन २०७३, सोमबार ००:००