८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

काठमाडौ उपत्यकासहित पहाडी जिल्लामा फागु



काठमाडौ२९ फागुन । काठमाडाँै उपत्यकासहित पहाडी जिल्लामा आज फागुपूर्णिमा पर्व मनाइँदै छ ।

यहाँ बिहानदेखि आफन्त, साथीभाइ र परिवारमा एक अर्कालाई रङ लगाएर फागु मनाउँदै गरिएको छ । होलीका अवसरमा विभिन्न समूह बनाई मानिसहरु आफन्तकहाँ गई रातो, पहेँलो, नीलो रङ एकापसमा लगाउने गर्छन् ।
आपसी एकता र भाइचाराका रुपमा खेलिने होलीपर्व विशेष गरी काठमाडौँको वसन्तपुर र ठमेलमा विशेष कार्यक्रम गरी मनाइँदैछ ।

वसन्तपुरमा नाचगानसहित र ठमेलमा पर्यटकहरु सहितले नेपालीसँग होली खेलेका छन् । महानगरीय प्रहरी परिसरका काठमाडाँैका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले शान्तिपूर्ण रुपमा होली पर्व मनाइरहेको जानकारी गराए।
उहाँका अनुसार होलीमा अप्रिय घटना हुन नदिनका लागि ठूलो मात्रामा काठमाडौँका विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको छ ।
अहिलेसम्म होलीमा अमानवीय व्यवहार गर्ने र जबर्जस्ती रङ दल्ने एक सय ३२ जनालाई काठमाडौँका विभिन्न ठाउँबाट नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । उहाँका अनुसार होली पर्व मनाउन ट्राफिक नियम उल्लङ्घन गर्दै हिँडेका पाँच सयभन्दा बढी सवारी साधानलाई पनि कारबाही गरिएको छ । रासस

प्रकाशित : २९ फाल्गुन २०७३, आइतबार ००:००