१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

तराई ठप्प, उपत्याकामा सामान्य प्रभाव, केही सवारी साधन तोडफोड, दर्जनौ आन्दोलनकारी गिरफ्तार



काठमाडौं, २७ फागुन । सप्तरी घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठबन्धनले आहृवान गरेको नेपाल बन्दको कारण तराई ठप्प भएका छन् भने राजधानी उपत्यकामा सामान्य प्रभाव देखिएको छ ।
तराई क्षेत्रमा बन्दका कारण बजार पसल, उद्योग कलकारखाना र लामो तथा छोटो दुरीका सवारी साधान नचल्दा जनजीवन प्रभावित भएका छन् । काठमाण्डौमा सार्वजनिक तथा निजी सवारीसाधान संधै भन्दा न्यून चलेका छन् । बजार पसलहरु  खुलेका छन् । बन्दका कारण अधिकांश शैक्षिक संस्थाले भने विदा गरेको पाईएको छ ।
बन्दका कारण मधेसका नागरिकको दैनिकी प्रभावित भएको छ । सप्तरी घटनापछि सप्तरी जिल्ला निरन्तर बन्दा हुदाँ त्यहाँ दैनिक जीवन कष्टकर बनेको छ ।
बन्दको अवज्ञा गरेको भन्दै संघीय गठबन्धनका कार्यकर्ताले कपिलबस्स्तुको जहदी चोकमा लु ६ प ४१४८ नम्बरको मोटरसाकल तोडफोड गरेका छन् ।
यता बन्द गराउँदै हिडेका गठबन्धन अन्तरगत सघिय लोकतान्त्रिक रास्ट्रीयमन्च का अर्थ समिती संयोजक बिष्णु यक्सो लगायत दुई दर्जन कार्यकर्ता ललितपुरको सातदोबाटोबाट प्रहरीले गिरफ्तार गरेको मोर्चाले जनाएको छ ।

मृतकलाई सहिद घोषणा, घटनाको न्यायिक छानबिन, मृतकका परिवारलाई राहत, र दोषीमाथि कारबाहीको माग गर्दै मोर्चासहितको संघीय गठबन्धनले विभिन्न आन्दोनलका कार्यक्रम घोषणा गरेको छ ।

प्रकाशित : २७ फाल्गुन २०७३, शुक्रबार ००:००