९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

जाजरकोटमा बस दुर्घटनामा २० को मृत्यु, दर्जनौं घाइते



जाजरकोट, २६ फागुन, । जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

दुर्घटनास्थलमा जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका थिए ।

बसमायात्रुहरुको ‘ओभर लोड’कारण ओरालो घुम्तीमा अनियन्त्रित भएको स्थानीय प्रशासनले जनाएको छ । दुर्घटनामा धेरै जना हताहती भएको र उनीहरुको सनाखत समेत हुन सकेको छैन ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलका अनुसार २० को मृत्यु र दजनौ घाइते भएका छन् । केहीको अवस्था चिन्ताजनक छ । उनीहरुलाई उपचारका लागि सेनाको हेलीकोप्टरबाट नेपालगञ्ज र काठमाण्डौं पठाइएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७३, बिहिबार ००:००