९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

राप्रपाका अध्यक्ष थापा सरकारमा सहभागी हुने

उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी



काठमाडाँैँ, २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा सहभागी गराउने भएको छ ।

पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष थापाले उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउने जानकारी दिए ।

सोही पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

अहिले साँझ ६ बजे शपथ गराइने श्रेष्ठले जानकारी दिनुभयो । यसअघि सो पार्टीका तर्फबाट दीपक बोहरा र विक्रम पाण्डे अहिलेको मन्त्रिपरिषद्मा सहभागी छन् ।

प्रकाशित : २६ फाल्गुन २०७३, बिहिबार ००:००