९ बैशाख २०८१, आइतबार । April 21, 2024

ग्लोबल

इरान र अमेरिकाबीच एक अर्कामाथि दोषारोेपण



तेहरान, २५ फागुन । संयुक्त राज्य अमेरिका र बेलायतको संयुक्त साझेदारीको एउटा नौ–सैनिक युद्धपोत, स्ट्रेट अफ हर्मसमा पर्ने इरानको सामुद्रिक इलाकामा अनधिकृत तरिकाबाट जबर्जस्ती प्रवेश गरी इरानी सुरक्षाकर्मी ९रिभोल्युसनरी गार्ड० का सुरक्षा पोतहरुलाई हानी पु¥याउन खोजेको र शान्त रहेको यस सामुद्रिक क्षेत्रमा बेकारमा तनाव सिर्जना गराउन खोजेको आरोप इरानले लगाएको छ ।

उत्तरमा इरान र दक्षिणमा कुवेत, बहराइन, कतार, युनाइटेड अरब इमिरेट्स र ओमानको बीचमा रहेको सामुन्द्रिक खण्ड पर्सियन गल्फभित्र रहेको एउटा सामुन्द्रिक उपखण्ड – स्ट्रेट अफ हर्मसलाई इरानले आफ्नो निर्बाध आर्थिक क्षेत्रको रुपमा उपयोग गर्दै आएको छ ।

सिसीको घाँटी ९बोटल नेक० को आकारमा रहेको यस स्ट्रेट अफ हर्मसको सबभन्दा साँघुरो खण्डको चौडाई २१ नटिकल माइल ९करिब ३९ किलोमिटर० मात्र रहेको छ ।

कुवेत, बहराइन, कतार, युनाइटेड अरब इमिरेट्स इत्यादि मुलुकहरुका सामुद्रिक क्षेत्रबाट उत्खनन गरिने ९सि–बोर्न० विश्वको करिब ३० प्रतिशत इन्धन यही सामुद्रिक मार्गबाट बाहिरिई अन्यत्र ढुवानी गरिने हुँदा अन्तर्राष्ट्रिय रुपमा यस इलाकाको उच्च आर्थिक महत्व रहेको बताइन्छ ।

यता, केही दिनअघि इरानका शीघ्र चल्ने नौ–सैनिक स–साना डुङ्गाहरु करिब ६ सय मिटर नजिकै आई अमेरिकी ठूलो युद्धपोतको मार्ग नै अवरुद्ध पारेकाले बाध्य भई सो मार्ग नै परिवर्तन गर्नु परेको अमेरिकी नौसेनाका एक जना अधिकारीले बताएका थिए ।

इरानी डुङ्गाहरुले अमेरिकी युद्धपोतको मार्गमा अवरोध उत्पन्न गरेको नभै बरु अमेरिकी युद्धपोत इरानद्वारा निषेधित सामुद्रिक इलाकामा प्रवेश गरी निहुँ खोज्ने काम गरेको भनी इरानको रिभोल्युसनरी गार्डका कप्तान मेहदि हसिमको भनाइ रहेको छ ।

स्ट्रेट अफ हर्मसमा इरानी नौसेनाका जहाजहरु बारम्बार अव्याबसायिक र गैह«जिम्मेवार ढङ्गले प्रबेश गरी अमेरिकी युद्धपोतसँग निहुँ खोज्दै आएको भनी अमेरिकाले दोष लगाउँदै आएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७३, बिहिबार ००:००