१७ जेष्ठ २०८०, बुधबार । June 1, 2023

Slider samachar

म्यानचेस्टर सिटीको लिग जित्ने अभियानमा धक्का



लन्डन । पेप ग्वार्डिओलाको प्रशिक्षणमा इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने म्यानचेस्टर सिटीको अभियानमा गम्भीर धक्का लागेको छ। बुधबार राती आफ्नो घरेलु मैदानमा लिगको नर्वौ स्थानमा रहेको स्टोक्स सिटीसँग ९० मिनेटको खेल गोलरहित बराबरीमा खेलेपछि म्यानचेस्टरको लिग जित्ने अभियान केही शिथिल पर्ने सम्भावना देखिएको छ।

म्यानचेस्टर सिटी २७ खेलमा ५६ अंकका साथ तेस्रो स्थानमा स्थिर बनेको छ। यति नै खेल खेलेको टोटेनहामभन्दा माथि उक्लिने सम्भावना गुमाएको म्यानचेस्टरभन्दा चेल्सी १० अंकले शीर्षस्थानमा छ। प्रिमियर लिगको अब ११ खेल मात्र बाँकी छ।

म्यानचेस्टरले आउँदो शनिबार एफए कपको क्वाटरफाइनल मिड्लब्रोगसँग खेल्दैछ। यसपछि बुधबार मोनाकोसँग बुधबार च्याम्पियन्स लिगको नकआउट चरणको दोस्रो लेगको खेल खेल्ने जानेछ।

प्रकाशित : २६ फाल्गुन २०७३, बिहिबार ००:००