११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

‘मधेसको घटना दुःखद र निन्दनीय’



दमौली, २४ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखद् र निन्दनीय भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले मधेसमा आन्दोलनकारीको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखदायी रहेको जनाउँदै आउँदा दिनमा यस्ता घटना दोहरिन नहुने बताए ।
मुलुकभित्र देखिएका विद्यमान समस्या समाधान आवश्यक परे राष्ट्रिय सहमतिको सरकार गठन गरेर भए पनि गर्नुपर्ने नेता पौडलले बताए ।
आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई सो घटनाले प्रभाव पार्न नहुने पौडेलको भनाइ थियो । मधेसको घटनाले स्थिति बिगँ्रँरदै गएकाले सरकारलाई संमयम हुन सुझाव दिए । मधेसको घटनालाई लिएर एमालेले तीन दिनका लागि कार्यक्रम स्थगन गर्नु सकारात्मक पक्ष भएको पनि नेता पौडेलको भनाई छ ।

प्रकाशित : २४ फाल्गुन २०७३, मंगलबार ००:००