७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

उत्कृष्ट तीन महिला सहकारीलाई पुरस्कर



काठमाडौँ, २४ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले देशका ७५ वटै जिल्लामा प्रवद्र्धित महिला सहकारी संस्थामध्ये तीन संस्थालाई सर्वोत्कृष्ट ठहर गर्दै पुरस्कारको घोषणा गरेको छ ।
उक्त मन्त्रालयअन्तर्गत महिला तथा बालबालिका विभागको आजको निर्णयानुसार तनहुँको फुर्सेटारस्थित भानु महिला विकास बहुद्देश्यीय सहकारी संस्था, अर्घाखाँचीको किमडाँडास्थित लालीगुराँस महिला बचत तथा ऋण सहकारी संस्था र चितवनस्थित सिर्जनशील महिला बचत तथा ऋण सहकारी संस्थालाई एक सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पुरस्कृत गरिने भएको हो । पुरस्कृत प्रत्येक संस्थाले रु एक लाख नगद प्राप्त गर्नेछन् ।

प्रकाशित : २४ फाल्गुन २०७३, मंगलबार ००:००