७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

नेपालीले पनि क्षुद्रग्रह पत्ता लगाए



काठमाडाँै, २४ फागुन । गत माघ ६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालित राष्ट्रव्यापी नेपाल क्षुद्रग्रह खोज अभियान–२०१७ अन्तर्गत पहिलोपटक छवटा क्षुद्रग्रह पत्ता लागेका छन् ।
अभियानका लागि नेपालबाट पाँच टोली छनोट गरिएकामा चार टोली काठमाडाँैको र एक टोली पोखराको भएको बताइएको छ ।
अभियानका क्रममा सहभागी टोलीलाई अमेरिकाको हवाईस्थित पानोरामिक सर्वे टेलिस्कोप तथा रापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स)ले खिचेको तस्बिर तथा आवश्यक सफ्टवेयर र निर्देशन दिइएको थियो ।
सोका आधारमा उनीहरुले यहीँ नै ती क्षुद्रग्रह पत्ता लगाएर अमेरिका पठाइएको हो । सो खोज प्रमाणित हुन भने केही बर्ष पर्खनु पर्ने हुन्छ ।
टोलीमा काठमाडौंको सेलिब्रेसन कोएड विद्यालयलगायतका विद्यार्थी तथा पोखराको पृथ्वीनारायण क्याम्पसका शिक्षक तथा विद्यार्थी र नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का क्लव मेम्बरहरु सहभागी थिए ।
खोज नयाँ र प्रमाणित भएमा ती क्षुद्रग्रहलाई नेपाली नाम पनि दिन सकिने सोसाइटीका अध्यक्ष सुरेश भटृराईले जानकारी दिए । यस अभियानबाट नेपाली विद्यार्थीमा पनि यस्ता अनुसन्धानप्रति लगाव बढ्ने उनको भनाई छ ।
अभियानका सहभागी टोलीले प्यान्स्टार्समार्फत प्राप्त तस्बिरमा भेटिएका लगभग एक लाख ८० हजार चलायमान पिण्डको परीक्षण गरेका थिए । प्यान्स्टार्सका हाल एक दशमलव आठ मिटरका दुईवटा टेलिस्कोप सञ्चालनमा छन् ।

प्रकाशित : २४ फाल्गुन २०७३, मंगलबार ००:००