१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

बन्दका कारण जनजीवन प्रभावित



विराटनगर, २४ फागुन । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गरिएको दुईदिने बन्दको पहिलो दिन आज मोरङमा बन्दको असर देखिएको छ ।

बन्दका कारण लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन बिहानैदेखि सडकमा गुडेका छैनन् । यसका साथै शिक्षण संस्थामा अध्ययनअध्यापन ठप्प भएका छन् । बन्दको प्रभाव विराटनगर बजारमा पनि देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बन्द शान्तिपूर्ण रहेको र अहिले कुनै अप्रिय घटना नभएको तथा छिटपुट रुपमा हल्का सवारी साधन गुडिरहेको जनाएको छ ।

सिरहा बन्द

मोर्चाले आह्वान गरेको मधेस बन्दका कारण आज बिहानैदेखि सिरहा र सप्तरीको जनजीवन प्रभावित भएको छ ।

नेकपा ९एमाले०को मेची–महाकाली अभियान अन्तर्गतसोमबार सप्तरीमा कार्यक्रम गर्ने क्रममा प्रहरी र मोर्चा कार्यकर्ताबीचको झडप हुदाँ मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चाले मधेस बन्दको आह्वान गरेको हो ।

बन्दका कारण सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र लहानसहित मिर्चैया, गोलबजार, चोहर्वा, सदरमुकाम सिरहालगायत प्रमुख बजार पसल बन्द छन् ।

पूर्वपश्चिम राजमार्गसहित जिल्लास्थित सहायक मार्गमा यातायातका साधन बिहानैदेखि सञ्चालन नहुँदा यात्रु अलपत्र परेका छन् भन्ने सडक सुनसान देखिएका छन् । सप्तरी घटनाको विरोधमा मोर्चाका कार्यकर्ताले बिहानैदेखि लहानसहितका स्थानमा टायर बालेर प्रदर्शन जारी राखेका छन् ।
सप्तरी घटनालगत्तै मोर्चाका कार्यकर्ताले गए राति गोलबजारमा एउटा भारतीय ट्रकमा आगजनी गर्नाका साथै दुई दर्जन सवारी साधनमा तोडफोड गरेका थिए । रासस

प्रकाशित : २४ फाल्गुन २०७३, मंगलबार ००:००