१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

मुख्य खबर

सप्तरी झडपमा सुरक्षाकर्मीको गोलीबाट ४ जनाको मृत्यु



सप्तरी, २३ फागुन । प्रहरी र मोर्चाबीच भएको झडपमा सप्तरीमा चार जनाको मृत्यु भएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ ४ का २० वर्षीय संजन मेहताको मृत्यु भएको छ । उनलाई एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर गोली लागि उनको घटनास्थलमै मृत्यु भएको थियो ।
मलेठ ४ का पिताम्बर मण्डल र लिमनका दिगम्बर झा को मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते मण्डलको धरान पुर्‍याए लगतै निधन भएको छ । झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । त्यस्तै प्रसवनीका आनन्दप्रसाद साहको उपचारको क्रममा मृत्यु भएको छ ।

 एमालेको मेची महाकाली अभियान ३ दिनका लागि स्थगित

सप्तरीमा गोली चल्यो, एकको मृत्यु

प्रकाशित : २३ फाल्गुन २०७३, सोमबार ००:००