७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

सप्तरीमा गोली चल्यो, एकको मृत्यु

एमाले र मोर्चाको छुट्टा-छुट्टै आकस्मिक बैठक



सप्तरी, २३ फागुन, । एमालेको मेची–महाकाली अभियानको विरोध गरिरहेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

एमालेको कार्यक्रम स्थल बाहिर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यही क्रममा गोली लागेर संजन मेहताको मृत्यु भएको छ ।

प्रहरीको गोली लागि अन्य पन्ध्र जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। घाइतेहरुको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ। घाइतेमध्ये तीन जनाको स्थिति चिन्ताजनक रहेको र उनीहरुलाई विपी कोइराला स्वास्ठ्य विज्ञान प्रतिष्ठानका लागि रिफर गरिएको छ। ‍
सप्तरीमा प्रहरीको गोलीबाट एक प्रदर्शनकारीको मृत्यु भएपछि मधेशी मोर्चाले आकस्मिक बैठक बोलाएको छ। संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा मोर्चाको बैठक बोलाइएको हो।

मेची–महाकाली अभियानको क्रममा सप्तरी पुगेका एमाले स्थायी कमिटीको बैठक पनि बसिरहेको छ। अब अभियान कसरी लाने भन्नेबारे योजना बनाउन बैठक राखेको हो ।

प्रकाशित : २३ फाल्गुन २०७३, सोमबार ००:००