१० श्रावण २०८१, बिहिबार । July 26, 2024

तस्बिर

एमएनओलाई चुनावमा जान निर्वाचन आयोगको अवरोध



फागुन २२ आईतवार, दमक । मंगोल नेशनल अर्गनाइजेशन संगठनले १२औं झापा जिल्ला अधिवेशन दमकमा सम्पन्न गरेको छ ।
शनिवार भएको अधिवेशनमा कार्यबाहक प्रेसिडेण्ट बुद्धलाल मेचेले नेपाल मूलवासी मंगोलको देश भएको बताएका छन् । उनले नेपाल मंगोलको देश भएरपनि अधिकार विहिन भएको बताएका छन् । मंगोलहरुको आफ्नै धर्म, संस्कृति भएपनि हिन्दुकरण गराएर शोषण गरेको आरोप लगाए । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भएपनि व्यवहारिकतामा ब्राम्हण एकात्मकवादी नीति नै हावी भएको भन्दै मंगोल नेशनल अर्गनाइजेशनले वास्तविक लोकतन्त्रको संस्थागत गर्न लडिरहेको बताए । मंगोलहरुलाई समावेशीको नारा लगाएर समावेशीको नाममा बाहुन क्षेत्रीकै एकलौटी शासन चलाएको भन्दै अब यसरी नचल्ने बताए । ब्राम्हणवाद भुत जस्तै भएकाले भुततन्त्र भगाउन मंगोलको पक्षमा नारा घन्काउनु अपरिहार्य भएको बताए ।
बक्तहरुले निर्वाचन आयोगमा दर्ता भएको पार्टी मंगोल नेशनल अर्गनाइजेशनलाई स्थानीय चुनावमा भाग लिन नदिने षड्यन्त्र गैरकानुनी हो भनेका छन् । सुनियोजित षड्यन्त्र गरि सहभागी हुन नदिएको र लोकतान्त्रिक अभ्यास गर्न नदिएकोप्रति निर्वाचन आयोग र सरकारको कडा आलोचना गरेका छन् । लोकतान्त्रिक पद्धतिलाई आत्मासाथ गर्दै स्थानीय चुनावमा सहभागि जनाउछौ भन्दा जबरजस्ती चुनावमा सहभागि हुन पाउँदैन भन्नु गैरकानुनी भएको तर्क गरे । बक्ताहरुले चुनाव भाड्नेलाई काख र चुनाब पक्षपातीलाई पाख गरेकाले लोकतन्त्रमा समेत ब्राम्हणवादतन्त्रकै नाङ्गो अभ्यास गरेको दाबी गरे ।
अधिकाशं बक्ताहरुले ब्राम्हणवादीहरुले मूलबासीहरुको आवाज वेवास्ता गरेको आरोप लगाएका छन् । मुलवासी मंगोलहरुको आवाजलाई वेवास्ता गरे त्यसको परिणाम ब्रम्हणवादी नेताहरुले नै भोग्नु पर्ने चेतावनी समेत दिएका छन् । सभाका बक्ताहरुमा सचिव वीरलाल राई, कोषाध्यक्ष दिनेश बान्तवा, प्रवक्ता थमन बुढामगर, केन्द्रीय सदस्यहरु कल्पना थापामगर, शक्ति चाम्लिङ लगायत रहेका थिए । यसैगरी सयौंको संख्यामा संगठनमा प्रवेश समेत गराएका छन् । कार्यक्रममा मंगोल जागरण साँस्कृतिक कार्यक्रम साथै झाँकी सहितको ¥यालीपनि भएको थियो । यसै अवसरमा विभिन्न ब्यात्तित्वहरुलाई सम्मान समेत गरेका थिए । सभामा हजारौं सहभागि थिए । तीन दशक अघि गोपाल गुरुङले संस्थापक अध्यक्ष भई खोलेको संगठनले दमकमा पहिलो पटक विशाल सभा गरेको हो ।
अधिबेशनले श्याम लिम्बुको अध्यक्षतामा २५ सदस्यीय झापा जिल्ला सभा गठन भएको छ । सभाका सदस्यहरुमा राजेन्द्र चेम्जोङ, देवेन्द्र साम्पाङ, रुद्र थुलुङ, खड्ग स्याङ्वो, बुद्ध माया फुरुम्बो, राज कुमार लावती, राज कुमार धिमाल, सुनिता गुरुङ, भाष्कर चाम्लिङ, मंगल सिंह लिम्बु, सागर राई, लासिमहाङ लिम्बु, जित बहादुर तामाङ, तिलक लिम्बु, मन बहादुर बराइली, बानिरा मेचे, श्रीप्रसाद लिङ्खिम, राम चेम्जोङ र सिद्धि कुमारी राई चयन भएका छ । १२औ जिल्ला अधिवेशनबाट निर्वा्चित पदाधिकारीहरुलाई केन्द्रीय नेता सहित सुर्खेत जिल्ला अध्यक्ष नरबहादुर दर्लामीमगर बर्णवास, कास्की जिल्लाका अध्यक्ष प्रेम छिरी शेर्पा (डिक्पाल), मोरङ जिल्ला अध्यक्ष पानालाल माझी(थारु), पाल्ला अध्यक्ष तुलबीर दर्लामी, जोनी बि.क. सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रकाशित : २२ फाल्गुन २०७३, आइतबार ००:००