७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

तस्बिर

स्थानिय निकायकालागि उमेद्वारी घोषणा



दमक । आगामी बैशाखको अन्तीममा हुनेभनिएको स्थानिय निकायको चुनाबकालागि नेकपा माओवादी केन्द्रको तर्फबाट झापाको दमक नगरमा एक सभाको आयोजना गरी उमेद्वारी घोषणा गरेका छन् ।
नगरको अध्यक्षको उमेद्वारका लागि रेवतराज पुरी (गगन) घोषणा भएका हुन् । सभालाई सम्बोधनका क्रममा पुरीले दमक नगरको चौतर्फी विकास र नगरलाई उपमहानगरपालिका बनाउनकालागि आफ्नो उमेद्वारी भएको वताए । दमक चिसोपानी रवी सडक उपभोक्ता समितिका अध्यक्षसमेत रहेका पुरीले भने दमक देखि रवी पाँचथर सम्मको सडकको स्तर उन्नती आफ्नो कार्यकालमा धेरै भएको यसलाई अव कालोपत्रे बनाउन पहल गर्ने पनि बताए ।
स्थानिय निकायको चुनावका लागि अन्य तिर सुरसारै नहुँदा पहिलो पटक दमक बाट घाषणा सभा भएको पार्टीका नगर सदस्य राजकर्ण राईले बताए । सभा मार्फत ७० बुँदे प्रतिवद्ध पत्र समेत सार्वजानिक गरिएको थियो । केन्द्रका नगर ईन्चार्ज श्रीकान्तले पुरीको उमेद्वारी अध्यक्षमा घोषणा गरेका थिए । त्यसैगरी उपाध्यक्षमा शान्ति धिमाल रहेकी छन् । कार्यक्रमको अध्यक्षता नगर संयोजक कर्म पुलामीले गरेका थिए ।

प्रकाशित : २२ फाल्गुन २०७३, आइतबार ००:००