१२ बैशाख २०८१, बुधबार । April 24, 2024

तस्बिर

पर्यटकीय क्षेत्र फालेलुङमा चौरी पर्यटन महोत्सव हुने



chauriपाँचथर– पाँचथर जिल्लामै पहिलोपल्ट चैत अन्तिम साता चौरी पर्यटन महोत्सव आयोजना गरिने भएको छ । पछिल्लो समय संकटमा पर्दै गएको चौरी पालन व्यवसाय प्रबद्र्धन गर्ने उदेस्यले महोत्सव गर्न लागिएको हो । उत्तरपूर्वी पाँचथरका फालोट क्षेत्रम ा गर्न लागिएिको महोत्सवका लागि रामचन्द्र गुरुङ संयोजक रहेको ६५ सदस्य मुल समारोह समिति गठन भएको छ । महोत्सवलाई व्यवस्थित बनाउँन विभिन्न उप समिति समेत गठन गरिएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार थर्कप्रसाद गुरुङको संयोजकत्वमा आर्थिक व्यवस्थापन उप समिति, लक्ष्मी गौतमको संयोजकत्वमा प्रचारप्रसार उप समिति, जंगप्रसाद राईको संयोजकत्वमा स्थानीय व्यवस्थापन उप समिति, तारावीर राईको संयोजकत्वमा सडक मर्मत उप समिति, मिमा तामाङको संयोजकत्वमा साँस्कृतिक उप समिति र साजन राईको संयोजकत्वमा स्वंयमसेवक परिचालन उप समिति गठन भएको छ । जिल्लाको प्राङबुङ मेमेङ र सिदिनका चौरीपालक कृषकहरुको अगुवाइमा हुन लागेको महोत्वसमा जिविस, गाविस लगायतका निकायले समेत सहयोग गर्ने बताइएको छ । पाँचथर सँगै छिमेकी जिल्लाहरु ताप्लेजुङ, इलाम, झापा र भारतको सिक्किम– दार्जिलिङसम्मका मानिसले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा चौरी पालन व्यवसाय सम्बन्धि ज्ञान, सिपको आदान प्रदान गरिनुका साथै चौरीको दुधबाट निर्मित परिकार , छालाबाट निर्मित सामग्री साथै चौरीको जीवनचक्र सम्बन्बधीका सामग्रीहरुको प्रदर्शनी गरिने बताइएको छ । उत्तरपूर्वी पाँचथरका कृषकहरुले पुस्तौंदेखि गर्दै आएको चौरी पालन व्यवसाय पछिल्लो समय जनशक्तिको अभाव, जंगली जनावरको आतंक जस्ता कारणले संकटमा पर्दै गएको छ । महोत्सवमा चौरी पालन व्यवसायमा देखिएका समस्या र त्यसको व्यवस्थापनका लागि समेत गम्भिर छलफल हुने महोत्वस मूल समारोह समितिका अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रकाशित : १६ फाल्गुन २०७३, सोमबार ००:००