९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

सांसदद्वारा पत्रकार महासङ्घलाई सहयोग



भद्रपुर, १६ फागुन । सांसद सरिता प्रसाईंले नेपाल पत्रकार महासङ्घ झापा शाखालाई रु ४३ हजार सहयोग प्रदान गर्नुभएको छ ।

सांसद प्रसाईंका प्रतिनिधि टीकाप्रसाद प्रसाईंले आइतबार सो रकम बिर्तामोडमा महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङलाई गरे ।

झापाबाट समानुपातिकतर्फकी सांसद प्रसाईंले पत्रकारिता क्षेत्रको विकासका लागि उक्त रकम प्रदान गरेको महासङ्घ झापाका सचिव एकराज गिरीले जानकारी दिए । उनले सांसद विकास कोषअन्तर्गत उक्त रकम सहयोग गरेको बताइएको छ

प्रकाशित : १६ फाल्गुन २०७३, सोमबार ००:००