१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री गुरुङ



तेह्रथुम, १५ फागुन । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।

छथर हमरजुङस्थित सरस्वती माध्यमिक विद्यालयमा आजदेखि सुरु भएको धार्मिक तथा शैक्षिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले नयाँ संविधानको कार्यान्वयन तथा मुलुकलाई विकास र समृद्धितर्फ लैजानका लागि स्थानीय निकायको निर्वाचन जरुरी रहेको उनले बताए।

धार्मिक सहिष्णुतामाथिको कुनैपनि किसिमको प्रहार सह्य नहुने बताउनुभयो । मुलुक संवैधानिक रुपमा धर्म निरपेक्ष भइसकेको अवस्थामा यहाँको बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक सम्पदाको रक्षाका निम्ति सबैले जुट्नुपर्नेमा उनले जोड दिए ।

विद्यालयको भौतिक पूर्वाधार निर्माण, विज्ञान प्रविधि तथा प्रयोगशाला, खेलमैदान, पुस्तकालय स्थापनाका लागि रकम जुटाउन धार्मिक तथा शैक्षिक महोत्सवको आयोजना गरिएको प्रधानाध्यापक टिकाराम बस्नेतले जानकारी दिए। महोत्सव एक सातासम्म चल्नेछ । रासस

प्रकाशित : १५ फाल्गुन २०७३, आइतबार ००:००