९ आश्विन २०८०, मंगलबार । September 26, 2023

मुख्य खबर

राष्ट्र निर्माणमा नेपाली सेनाको भूमिका महत्वपूर्ण: प्रधानसेनापति क्षेत्री



दमौली, १५ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्र निर्माणमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको बताएका छन ।

दोस्रो ज्यामरुककोट मिर्लुङ पर्यटन महोत्सवको यहाँ आज उद्घाटन गर्दै प्रधानसेनापति क्षत्रीले संविधान कार्यान्वयनका लागि जनताको हरेक पक्षमा साथ दिन नेपाली सेना तयार रहेको बताए।

“आफू जन्मे हुर्केको गाउँमा आयोजित महोत्सव हेर्न पाउँदा निकै खुशी लागेको छ,” उहाँले भन्नुभयो । महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने उनको भनाइ थियो । प्रधानसेनापति क्षत्रीले आजै महोत्सवस्थल नजिकै रहेको विद्यानिकुञ्ज माध्यमिक विद्यालयको समेत निरीक्षण समेत गरेका थिए ।

उक्त अवसरमा उहाँले मिर्लुङकोटबाट प्याराग्लाइडिङको समेत अवलोकन गरे । महोत्सव आयोजक समितिका संयोजक सुशील भण्डारीले लमजुङ, तनहुँ र कास्कीलाई जोड्ने पदमार्गको पहिचान गराई आन्तरिक तथा बाह्य पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमा विभिन्न क्षेत्रका २५ वटा कक्ष राखिएको छ ।

प्रकाशित : १५ फाल्गुन २०७३, आइतबार ००:००