१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

मुख्य खबर

प्रम दाहाल र सार्क महासचिव थापाबीच विदाइ भेटवार्ता



काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका महासचिव अर्जुनबहादुर थापाले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको बिदाइ भेटमा प्रधानमन्त्रीले थापाको कार्यकालमा अठाराँै सार्क शिखर सम्मेलन नेपालमा भएको तथा अन्य महत्वपूर्ण कार्यसमेत सम्पन्न भएकाले सफल कार्यकालका लागि धन्यवाद दिए ।
प्रधानमन्त्रीले आगामी दिनमा पनि मुलुकको हित र श्रीवृद्धिमा योगदान पु¥याउन महासचिव थापालाई आग्रह गरेका छन्।
महासचिव थापाले आफ्नो कार्यकालमा प्रधानमन्त्रीबाट पाएको सहयोग र सद्भावप्रति आभार व्यक्त गरे । महासचिव थापाको तीनवर्षे कार्यकाल यही फागुन १७ गतेदेखि पूरा हुँदैछ ।

प्रकाशित : १५ फाल्गुन २०७३, आइतबार ००:००