१ बैशाख २०८१, शनिबार । April 14, 2024

खेलकुद

मिरालाई सम्मान गर्न मंत्रीलाई आग्रह गरे



अमेरिका १५ फागुन । मिरा राईलाई सम्मान गर्न खेलकुद मंत्री दलजित श्रीपालीलाई आफुले आग्रह गरेको न्युयोर्क स्थिति नेपाली महावाणिज्यदुतावासका राजदुत कृसु क्षेत्रीले बताएका छन् ।
एड्भेन्चर अफ द ईयर २०१७ को विजेता राईलाई नेपालीहरुले अभिनन्दन गर्न शनिवार न्युयोर्कमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा क्षेत्रीले ठट्यौलीमा भने सिएनएन हिरो दुई पटक महिला हुने, नेशनल जोग्राफिमा पनि महिलै हिरो हुने ? एकजाना पुरुसलाई समाएर सम्मान गर्नुपर्ने भयो । त्यसैगरी अधिकारकर्मी तथा अमेरिकाको जर्सी सहरको साउथ एसियन कम्युनिटी डाईभर्सिटी सल्लाहकार विष्णुमाया परियारले मिरा बहिनी तपाईं राईको मात्र छोरी हैन, नेपालीको मात्र पनि हैन तपाई अव विश्वको सम्मानित छोरी हुनुभएको छ । त्यसैगरी युएस क्लाईमर्स एसोसिएसनकी संयोजक भेनिसा ओभरेनले मिराबाट धेरै सर्वसाधारण प्रभावित भएको बताईन् । भेनिसाले संस्थाको तर्फबात मिरालाई अभिनन्दन पत्र दिएर सम्मान गरिन् । मिराले मन्तब्यको क्रममा सवै नेपाली शुभचिन्तकलाई बधाई दिए । आफु अहिले अमेरिका आउनुको कारण एक अमेरिकी संचार संस्थाको लागि अन्तवार्ता दिनु रहेको बताईन् । उनले मिरा फउण्डेशनबारे सोच बनाएको त्यसको लागि सरकारसंग पनि अपेक्षा गरेको बताईन् ।
त्यसैगरी एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष पेम्बा शेर्पाले बधाई मन्तब्य सहित संस्थागत रुपमा १ हजार १ डलर प्रदान गरेका छन् । आयोजक संस्था युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाको तर्फबाट समेत १ हजार १ डलर सहित अभिनन्दन पत्रले सम्मान गरेकाछन् । ईन्टरनेश्नल मार्शल आर्ट एसोसिएसनका संस्थापक पर्खि खालिङले २ सय डलर सहित सम्मान गरेका छन् । ट्रेकिङ एजेन्सी अफ नेपालकी प्रतिनिधि सरिता लामा, नेपाल अमेरिका कलाकार संघ, नेपाली जनसंपर्क समिति अमेरिका, नेवा गुठी न्युयोर्क, आदिवासी जनजाती महिला महासंघ अमेरिकाकी अध्यक्ष संगी रानामगर, किरात राई सोसाईटी अफ अमेरिका न्युयोर्क च्याप्टरकी अध्यक्ष भारती राई लगायतले बधाई तथा शुभकामना मन्तब्य दिएका थिए ।
युनाईटेड किरात राई अर्गनाईजेशन अमेरिका, कार्यक्रम भोजपुर नेपाली समाज अमेरिका, युएस नेपाल क्लाईम्मिङ एसोसिएसन्को आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रमको अध्यक्षता अर्गनाईजेशनका अध्यक्ष  विष्णु राईले गरेका थिए । एक अर्को स्थानमा किरात राई सोसाईटी अफ अमेरिकाले पनि मिरा राई आर्थिक सहित अभिनन्दन पत्र दिएर सम्मान गरेको छ । जस कार्यक्रममा नेपालमा कराते खेलका संस्थापक थानेश्वर राई, डा. चक्र राई, रामकुमार राई, समाजसेवी केसवराम राई लगायतले बधाई मन्तब्य राखेका थिए ।  मणी वाङदेलले संचालन गरेको कार्यक्रमको सभापतित्व सोसाईटीकी अध्यक्ष भारती राईले गरेकी थिईन् ।

प्रकाशित : १५ फाल्गुन २०७३, आइतबार ००:००