१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

बास्तोला सेवा समितिको महाधिवेशन



पोखरा, १५ फागुन । मुलुकको विभिन्न जिल्लामा छरिएर रहेका बास्तोला बन्दुहरुको साझा संस्था ‘बास्तोला कुल सेवा समिति नेपाल’को चौधौँ राष्ट्रिय महाधिवेशन आजदेखि लेखनाथमा सुरु भएको छ ।

कास्की जिल्लाको पुरन्चौर गाविसको काउरे पुख्र्यौली थलो भएका बास्तोलाहरु हाल मुलुकको ६५ जिल्लामा बसोबास गर्दै आएको तथ्याङ्क रहे पनि महाधिवेशनमा भने २५ जिल्लाका दुई सय जना प्रतिनिधिको सहभागिता रहेको छ ।

सो महाधिवेशनको पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा चिरञ्जीवी शर्मा बास्तोलाले शनिबार उद्घाटन गर्दै कुनै पनि समुदायले आफ्नो पुख्यौली थलो र रगतलाई भुल्न नहुने बताए।

कार्यक्रममा समितिमा आबद्ध ज्येष्ठ नागरिक टीकाराम बास्तोला, पवित्रा बास्तोला, शोभादेवी बास्तोला, सानो टीकाराम बास्तोला, वसन्धरी बास्तोला, टीकाराम बास्तोला९ख० लाई दोसल्ला र नगदले सम्मान गरिएको थियो ।

समितिका केन्द्रीय अध्यक्ष देवीप्रसाद बास्तोलाको अध्यक्षतामा भएको सो समारोहमा पूर्वाञ्चल उपाध्यक्ष टीकाप्रसाद बास्तोला, मध्यमाञ्चल उपाध्यक्ष भोजराज बास्तोला, गर्ग गोत्रिया एन रोकाया, सञ्चारकर्मी हरि बास्तोला, प्रा डा आर्जुन बास्तोला, पूर्व महासचिव दामोदर बास्तोला, डा अर्जुन बास्तोलाले सेवा समितिको गतिविधि माथि प्रकाश पार्नु भएको थियो । रासस

प्रकाशित : १५ फाल्गुन २०७३, आइतबार ००:००