७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

अफगान हवाई आक्रमणमा अठार तालिवान लडाकुको मृत्यु



कुन्दुज (अफगानिस्तान), १४ फागुन । अफगानिस्तानको उत्तरी क्षेत्र कुन्दुज प्रान्तमा सरकारी सुरक्षा कारबाहीमा कम्तीमा १८ जनाको मृत्यु भएको अफगान सेनाले शनिबार बताएको छ ।

कुन्दुजको दास्ते आर्की जिल्लामा अवस्थित तालिवान लडाकुको सुरक्षित मानिएको आश्रयस्थलमा विगत २४ घन्टामा भएका कारबाहीमा स्थानीय तालिवान कमान्डरसहित १८ जनाको मृत्यु भएको सैनिक प्रवक्ता गुलाम हजरत करिमीले बताउनुभयो ।

शुक्रबारदेखि सुरु गरिएको सुरक्षा कारबाही जारी रहेको र कारबाहीका क्रममा केही तलिवान लडाकु घाइते भएका समेत करिमीले बताउनुभयो ।

उहाँले तालिवानले आश्रयस्थल बनाउँदै आएको कुन्दुज, टाकर र वाघलान प्रान्तमा शान्तिको प्रत्याभूत नहुँदासम्म हवाई तथा स्थल कारबाहीलाई जारी राख्ने बताउनुभयो ।

तालिवान लडाकुले पछिल्लो कारबाही र यसबाट भएको क्षतिबारे केही प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित : १४ फाल्गुन २०७३, शनिबार ००:००