१० चैत्र २०८०, शनिबार । March 24, 2024

मुख्य खबर

वित्तीय अवस्थामा सुधार आवश्यक : गभर्नर



धनगढी, १४ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले समग्र देश विकासका लागि वित्तीय अवस्थामा सुधार हुन आवश्यक रहेको बताएका छन् ।

कैलालीको अत्तरियामा आज भएको वित्तीय साक्षरता अभियानमा उहाँले पैसा चलाउन नजानेका कारण देश गरिबीको अवस्थामा पुगेको बताए ।

मिडिया इन्टरनेशनलको आयोजनामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक बिश्रुत थापाले जनचेतना बढाउन यस्तो किसिमको कार्यक्रम सफल रहने बताए ।

कार्यक्रमले वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएर आफ्नै क्षेत्रमा उद्यमशीलता हासिल गर्न र सर्वसाधारणलाई वचत गर्ने बानी सिकाउने विश्वास गरिएको छ ।

कार्यक्रमस्थलमा वित्तीय साक्षरतासँगै सर्वसाधारणलाई खाता खोल्नका लागि विभिन्न बैंकको कक्षसमेत राखिएको थियो ।

प्रकाशित : १४ फाल्गुन २०७३, शनिबार ००:००