६ बैशाख २०८१, बिहिबार । April 19, 2024

मुख्य खबर

भारत सधैँ नेपालको विकासको पक्षमा राजदूत राय



काठमाडौँ, १४ फागुन । नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारत सधैँभरि नेपालको आर्थिक, सामाजिक र साँस्कृतिकलगायत विभिन्न पूर्वाधार विकासको पक्षमा रहेको बताउनुभएको छ ।

नीति अनुसन्धान प्रतिष्ठान, नेपालले यहाँ आज आयोजना गरेको ‘राजदूत रायको बिदाइ’ कार्यक्रममा बोल्दै उहाँले आफ्नो कार्यकालमा नै नेपालमा विकासका ठूला आयोजना अगाडि बढिरहेको बताउनुभयो ।

पहिलेदेखि नै प्रगाढ र सुमधुर रहँदै आएको नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पु¥याउनुपर्ने उहाँको भनाइ थियो । भूकम्पपछिको पुनःनिर्माणसँगै समृद्ध नेपाल बनाउन भारतले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

राजदूत रायले नेपाल शान्ति, स्थायित्व र समृद्धितर्फ अगाडि बढिरहेको सन्दर्भमा संविधानमा सबैलाई समेटेर कार्यान्वयन गर्दै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका सल्लाहकार प्रा जयराज आचार्यले राजदूत रायले नेपालमा रहँदा नेपाल र नेपालीका लागि गर्नुभएको योगदानको कदर गर्नुभएको थियो । रासस

प्रकाशित : १४ फाल्गुन २०७३, शनिबार ००:००