८ चैत्र २०८०, बिहिबार । March 22, 2024

मुख्य खबर

प्याब्सन अध्यक्षमा सम्बाहाम्फे निर्वाचित



काठमाडौँ, ११ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।

गएराति सम्पन्न मतगणनाको परिणामअनुसार कुल एकहजार ६२३ मतमध्ये सम्बाहाम्फेले ८७१ र उहाँका निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले ७५१ मत ल्याउनुभएको छ । निर्वाचित अध्यक्ष सम्बाहाम्फे १२० मत अन्तरले विजयी भएका हुन ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा डी।के। ढुङ्गाना तथा खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आर।सी। श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी हुनुभएको घोषणा निर्वाचन समितिका संयोजक पर्शुराम कोइरालाले बताए ।

साथै, महासचिवमा राजेन्द्र बानियाँ र कोषाध्यक्षमा टङ्क भट्टराई निर्वाचित भएका छन् ।

प्रकाशित : ११ फाल्गुन २०७३, बुधबार ००:००