११ चैत्र २०८०, आइतबार । March 24, 2024

समाचार

झापा पत्रकार महासंघमा सापकोटा



फागुन १० मंगलबार , विर्तामोड । नेपाल पत्रकार महाँसंघ झापा शाखाको बाह्रौं जिल्ला अधिवेशनबाट अध्यक्षमा तारामणी सापकोटा निर्वाचित भएकाछन् ।
सोमबार विर्तामोडमा भएको अधिवेशनको नतिजा अनुसार सापकोटाले १ सय २९ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षका लागि अर्का प्रतिस्पर्धी उमेद्वार गोपाल काफ्ले भने १ सय १६ मत पाएका थिए ।
प्रेस सेण्टर, प्रेस युनियन, आदिवासी जनजाती पत्रकार महासंघ लगायतले संयुक्त समावेशी प्यानल नाम दिईएको विजयी अध्यक्ष सापकोटा प्रेस सेन्टरबाट हुन् । प्रतिस्पर्दी एकराज गिरीले भने १ सय ५६ मत ल्याई विजयी भएका छन् । प्रतिस्पर्धी गोपाल झापालीले भने ९४ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा भीमा शिवाकोटीले १ सय ४८ मत ल्याई विजयी भएकी छिन् । अर्का महिला प्रतिस्पर्धी लीला अनमोलले ९४ मत प्राप्त गरेकी छिन् । सचिवमा सन्तोष आचार्यले १ सय २३ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी गिरीराज भट्टराईले १ सय १८ मत प्राप्त गरेका छन् ।
सहसचिव खुल्ला तर्फ केशव भट्टराईले १ सय ५२ मत ल्याई विजयी भएका छन् । प्रतिस्पर्धी अर्जुन कार्कीले ९२ मत प्राप्त गरेका छन् । समावेशी सह–सचिवमा इन्द्रजीत मुखियाले १ सय ३२ मत ल्याई विजयी भएका छन् । प्रतिस्पर्धी आत्माराम राजवंशीले १ सय ७ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका लागि ईश्वर अधिकारीले १ सय २८ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी याम विमलीले १ सय १५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यहरुमा शुष्मा राजवंशी, रञ्जीत परियार, अनिलदेव राई, उत्तम नेपाल, देवु बानियाँ, पार्थ मण्डल, विनोद सापकोटा, रञ्जित प्रसाईं, रमेश तिवारी, लक्ष्मी काफ्ले, लीलाराज झापाली र सुशीला संग्रौला निर्वा्चित भएका छन् ।
सदस्यहरुमा रुष्मा राजवंशी १ सय ३४ , रन्जीत परियार १ सय ३९ , अनिलदेव राई, १ सय २४, उत्तम नेपाल १ सय १७, देवु वानीया १ सया २२, पार्थ मण्डल १ सय २४, विनोद सापकोटा, १ सय २७, रन्जीत प्रसाईं १ सय १७, रमेश तिवारी १ सय २२, लक्ष्मी काफ्ले १ सय २४, लिलाराज झापाली १ सय २९, सुसिला संग्रौला १ सय १८, सुस्मिता पोखरेल १ सय ३ मत पाई विजयी भएका छन् ।
मेजर ७ मध्ये अध्यक्ष सहित ५ स्थान उपाध्यक्ष सह–सचिव, समावेशी सह–सचिव र कोषाध्यक्ष संयुक्त समावेशी प्यानलबाट जितेका हुन् । त्यसैगरी ११ सदस्य मध्ये ७ स्थान पनि संयुयुक्त समावेशी टिम बाट विजयी भएका छन् । दुईवटा प्यानल आपसमा प्रतिस्पर्धा गरेकामा संयुक्त समावेशी प्यानल संग प्रेस चौतारीले एक्लै प्रतिस्पर्दा गरेका थिए । केन्द्रीय सभासद र प्रदेश सभासदको नतिजा भने आउने क्रममा रहेको छ । स्मरणिय के छ भने यस अघिको ११औं अधिवेशनमा समेत यी दुई प्यानलले प्रतिस्पर्दा गरेकामा प्रेस युनियनबाट भिम नेम्वाङ अध्यक्षमा विजयी थिए ।

प्रकाशित : १० फाल्गुन २०७३, मंगलबार ००:००