१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

नेपालका सबै मातृभाषाको उन्नयनमा जोड



काठमाडौँ, ९ फागुन । नेपालमा बोलिने सबै मातृभाषाको उन्नयनमा सबै तह र तप्काबाट सहयोग हुनुपर्नेमा जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको पूर्वसन्ध्यामा आज नेपाल प्रज्ञा प्रतिष्ठानले यहाँ आयोजना गरेको गोष्ठीमा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले ‘मातृभाषामा भाषा आयोगको भूमिका’, प्राडा योगेन्द्र यादवले ‘शिक्षामा मातृभाषा’ र अमृत योञ्जनले ‘मातृभाषा र साहित्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै मातृभाषाको विस्तारमा जोड दिए ।
गोष्ठीको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले मातृभाषाको विकास र विस्तारका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
“मातृभाषाको क्षेत्रमा सरकारले गर्नुपर्ने ठोस कामका विषयमा प्रतिवेदन पेस गर्न आयोगको गठन गरिएको छ, सुझाव आएपछि सरकारले कार्यान्वयन गर्नेछ”– जनाइएको छ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मातृभाषाको प्रवद्र्धनमा योजनाबद्ध प्रयास गरिएको जानकारी गराए । उपकुलपति डा. विष्णुविभु घिमिरेले केही वर्षदेखि मातृभाषाका विषयमा भएको चर्चाले यसलाई निष्कर्षमा पु¥याउन दबाब दिएको उल्लेख गरे। यस अवसरमा मङ्गलबार प्रतिष्ठानमा ४५ मातृभाषाका कविता वाचन गरिने कार्यक्रम छ ।

प्रकाशित : ९ फाल्गुन २०७३, सोमबार ००:००