१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

निर्वाचनको मिति आजै घोषणा हुन्छ–प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकाय निर्वाचनको मिति आजै घोषणा गर्ने बताएका छन् ।
निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सनको १३ औँ वार्षिक साधारणसभालाई यहाँ सम्बोधन गर्दै —संविधान कार्यान्वयनलाई सुनिश्चित गर्न निर्वाचन अनिवार्य रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षार्थ संविधानलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आगामी कात्तिकमा प्रदेश र केन्द्रको निर्वाचन गर्नका लागि सरकारले तयारी गरिरहेको छ प्रचण्डले भने।
मुलुकको शिर झुक्ने गरी आफूले कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी दिनमा मुलुकको समृद्धिका लागि अगाडि बढ्ने वचनबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा एमालेका नेता गङ्गालाल तुलाधरले मुलुकमा गुणस्तरीय शिक्षा आवश्यक भएको बताए ।

प्रकाशित : ९ फाल्गुन २०७३, सोमबार ००:००