३० चैत्र २०८०, शुक्रबार । April 12, 2024

मुख्य खबर

पत्रकार महासङ्घ खोटाङको अध्यक्षमा पुनः राई



खोटाङ, ९ फागुन । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको अध्यक्षमा दमन राई पुनः चयन भएकछन् । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट राई पुनः अध्यक्षमा सर्वसहमतिले चयन भएको हो ।
समितिको उपाध्यक्षमा रामधन राई र सुनिता मगर, सचिवमा उत्तत चौलागार्इं, सहसचिवमा रमिला राई र चिसाङ शेर्पा तथा कोषाध्यक्षमा शर्मिला विश्वकर्मा चयन भएको छ । सोमबार बिहान सम्पन्न अधिवेशनबाट केदार मगर, उजुर राई, अमृत गिरी र उजिर कार्की प्रदेश प्रतिनिधिमा छनोट भएको छ । अधिवेशनले डम्बरसिं राई, सङ्गीता राई, सइन्द्र राई र दिलीप खत्रीलाई केन्द्रीय पार्षदमा छनोट गरेको छ ।

प्रकाशित : ९ फाल्गुन २०७३, सोमबार ००:००