१० बैशाख २०८१, सोमबार । April 22, 2024

ग्लोबल

बम आक्रमणमा परी सिरियामा २४ जनाको मृत्यु



बेरुत, ५ माघ । इस्लामिक स्टेट (आईएस) आवद्ध टर्कीका बम आक्रमणकारीहरुले आक्रमण गर्दा सिरियामा २४ जनाको मृत्यु भएको छ ।

अनुगमनकर्ताहरुले मारिएका सवै नागरिक भएको बताएपनि टर्कीको सेनाले भने मारिएका सवै आतङककारीहरु भएको दाबी गरेका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राईटले हवाई आक्रमणमा उनीहरु मारिएको जनाएको छ । अल बाब क्षेत्रमा भएको सो आक्रमणमा मारिनेहरु मध्ये ११ जना बालबालिका रहेका छन् ।

टर्कीको सरकारी समाचार समिति अनाडोलुले टर्कीको सेनालाई उर्दृत गर्दै जनाएअनुसार हवाई आक्रमणमा १५ जनाको आतङककारीको मृत्यु भएको छ ।

प्रकाशित : ५ फाल्गुन २०७३, बिहिबार ००:००