२ बैशाख २०८१, आइतबार । April 15, 2024

पर्यटन

प्रर्यटन प्रवद्र्धन को लागि पिके पदयात्रा



16809460_395947680757212_1127446465_nकाठमाडौं, ५ फागुन । शेर्पा पत्रकार संघ नेपालले नयाँ पर्यटकीय गन्तब्य उजागर गर्दै मुलुकको पर्यटन प्रबर्धन र बिकासमा योगदान र्पुयाउने उदेश्यले पिके डाँडाको पर्यटनसम्बन्धि बृत्तचित्र प्रदर्शन गरेको छ । सोलुखुम्बुको पिके डाँडा र त्यस क्षेत्रका पर्यटकीय सम्भावनाहरुलाई समेटेर तयार पारिएको सो बृत्तचित्र संघले सोमबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड हलमा प्रदर्शन गरेको हो ।

बृत्तचित्र च्यारिटी सो नाम दिइएको सो कार्यक्रमको औपचारिक उद्घाटन संघीय मामिला तथा स्थानीय बिकास राज्यमन्त्री श्रीप्रसाद जगेवुले गर्नुभएको थियो । कार्यक्रममा मन्त्री जगेवुले ओझेलमा परेका धार्मिक तथा पर्यटकीय सम्भावनाहरुलाई बृत्तचित्रमार्फत उजागर गर्ने कार्य अत्यान्तै सह्रानीय रहेको उल्लेख गर्दै पर्यटन बिकासार्थ हरेक तह र तप्काबाट जुट्नुपर्ने बताउनुभयो ।संघका कोषाध्यक्ष छेल्हामु शेर्पाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्व सभासद आङदावा शेर्पा, केन्द्रीय गलैचा संघका अध्यक्ष छिरिङ शेर्पा, टेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष चन्द्रप्रसाद रिजाल, पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक लक्पाफुटी शेर्पा, शेर्पा प्रदेश समितिका अध्यक्ष लाक्पा शेर्पा, राष्ट्रिय पर्यटन पत्रकार संघ ९नाटोज०का महासचिव प्रकाश खालिङ, शेर्पा संचार समुहका महासचिव निम्लेकी शेर्पालगायतले पर्यटकीय सम्भावना र चुनौतीका बिषयमाथि आआफ्नो धारणा राख्नुभएको थियो ।

शेर्पा फिल्मस् प्रालिको प्राबिधिक सहयोगमा निर्माण गरिएको उक्त बृत्तचित्रमा पिके डाँडाबाट दृश्यपान गर्न सकिने सुन्दर हिमश्रृंखलाहरुको वयान अनि त्यस क्षेत्रका प्राकृतिक, धार्मिक एवम् साँस्कृतिक सम्पदाहरुलाई मुख्य बिषयवस्तु बनाइएको छ । त्यत्तिमात्र होइन पिके क्षेत्र घुम्न जाने पर्यटकलाई विविध कुराले आकर्षित गर्नसक्ने बिषयलाई पनि शिलशिलेवार तरिकाले बृत्तचित्रमा प्रस्तुत गरिएको छ । त्यस्तै यसलाई पर्यटकीय गन्तब्यको रुपमा स्थापित गर्नका लागि राज्य र सम्बन्धित निकायहरुले पुरा गर्नुपर्ने दायित्वलाई विभिन्न तरिकाबाट इङ्गित गरेको छ ।
पिके डाँडामा के छ रु

पिके डाँडा मुख्यतया पर्वतीय पर्यटन गर्न नसक्ने पर्यटकहरूका लागि अति महत्वपूर्ण चुचुरोको रुपमा रहेको छ । यस स्थानमा गोले पिके र च्यावा पिके नामक दुई डाँडा रहेका छन् । पूर्व र पश्चिम जोडी मिलाए झैं उभिएको पिके ४०६० मिटरको उचाइमा रहेको छ । यहाँ धुपी र सुनपातीको गन्धले आदत बसेका मानिसहरूलाई बाहेक नवागन्तुकहरूलाई लेक लाग्ने सम्भावना बढी हुन्छ । यो पिकेको नामाकरण शेर्पा जातिको १६ थर मध्ये दुई थरको नामबाट राखिएको देखिन्छ ।

शेर्पाहरू परापूर्व कालमा विशेषतया पशुपालन गर्ने गर्थे । यस क्रममा पशुपालनको निम्ति खर्कको आवश्यकता पर्ने भएकाले पश्चिमतिरको खर्क गोलेको भागमा र पूर्व्तिरको खर्क च्यावाको भागमा परेकाले पहिचानको लागि आ–आफ्नो थरको नामबाट नामाकरण गरिएको हो भन्ने किम्वदन्ती रहेको छ । यहाँ श्रावण संक्रान्तिको दिन ठूलो मेला लाग्दछ । धार्मिक दृष्टिकोणले पूर्वको च्यावा पिकेलाई पिके ल्हाप्चेन कर्वु नामले शेर्पाले कुलपूजा गर्ने चलन छ ।

धार्मिक पर्यटक तथा दृश्यावलोकन गर्ने पर्यटकहरूका लागि यो डाँडासम्म पुग्न जिरीबाट चौंलाखर्क–ङउर–पिकेडाँडा, झाप्रे गुम्वा, पत्ताले पर्यटन पदमार्ग निर्माण भएको छ । भने अर्को बाटो पिकेबाट पाँचपोखरी– ठो हुँदै तामाखानी– फाप्लुसम्म पनि पर्यटकहरु पदमार्गबाट पुग्न सकिन्छ ।

यस जिल्लाको सदरमुकाम सल्लेरीदेखि उत्तर पश्चिममा अवस्थित पिके डाँडा सूर्योदयको र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्नको लागि प्रसिद्ध छ । यसको अलावा यहाँबाट सगरमाथा लगायत मकालुदेखि अन्नपूर्ण हिमश्रृंखलासम्मको मनमोहक दृश्य देख्न सकिनुका साथै दुर्विनको सहायताबाट काठमाडौं उपत्यका वरिपरिका डाँडाहरू तथा तराईको समथर मैदान समेत देख्न सकिन्छ । यसको ब्याख्यान बृत्तचित्रमा देखाएको छ।

पिके डाँडामा के छ रु

पिके डाँडा मुख्यतया पर्वतीय पर्यटन गर्न नसक्ने पर्यटकहरूका लागि अति महत्वपूर्ण चुचुरोको रुपमा रहेको छ । यस स्थानमा गोले पिके र च्यावा पिके नामक दुई डाँडा रहेका छन् । पूर्व र पश्चिम जोडी मिलाए झैं उभिएको पिके ४०६० मिटरको उचाइमा रहेको छ । यहाँ धुपी र सुनपातीको गन्धले आदत बसेका मानिसहरूलाई बाहेक नवागन्तुकहरूलाई लेक लाग्ने सम्भावना बढी हुन्छ । यो पिकेको नामाकरण शेर्पा जातिको १६ थर मध्ये दुई थरको नामबाट राखिएको देखिन्छ ।

शेर्पाहरू परापूर्व कालमा विशेषतया पशुपालन गर्ने गर्थे । यस क्रममा पशुपालनको निम्ति खर्कको आवश्यकता पर्ने भएकाले पश्चिमतिरको खर्क गोलेको भागमा र पूर्व्तिरको खर्क च्यावाको भागमा परेकाले पहिचानको लागि आ–आफ्नो थरको नामबाट नामाकरण गरिएको हो भन्ने किम्वदन्ती रहेको छ । यहाँ श्रावण संक्रान्तिको दिन ठूलो मेला लाग्दछ । धार्मिक दृष्टिकोणले पूर्वको च्यावा पिकेलाई पिके ल्हाप्चेन कर्वु नामले शेर्पाले कुलपूजा गर्ने चलन छ ।

धार्मिक पर्यटक तथा दृश्यावलोकन गर्ने पर्यटकहरूका लागि यो डाँडासम्म पुग्न जिरीबाट चौंलाखर्क–ङउर–पिकेडाँडा, झाप्रे गुम्वा, पत्ताले पर्यटन पदमार्ग निर्माण भएको छ भने अर्को बाटो पिकेबाट पाँचपोखरी– ठो हुँदै तामाखानी– फाप्लुसम्म पनि पर्यटकहरु पदमार्गबाट पुग्न सकिन्छ ।

यस जिल्लाको सदरमुकाम सल्लेरीदेखि उत्तर पश्चिममा अवस्थित पिके डाँडा सूर्योदयको र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्नको लागि प्रसिद्ध छ । यसको अलावा यहाँबाट सगरमाथा लगायत मकालुदेखि अन्नपूर्ण हिमश्रृंखलासम्मको मनमोहक दृश्य देख्न सकिनुका साथै दुर्विनको सहायताबाट काठमाडौं उपत्यका वरिपरिका डाँडाहरू तथा तराईको समथर मैदान समेत देख्न सकिन्छ । यसको ब्याख्यान बृत्तचित्रमा देखाएको छ ।

प्रकाशित : ५ फाल्गुन २०७३, बिहिबार ००:००