१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

स्थानीय निकायका कर्मचारी र सरकार बीच भएको वार्ता विना निस्कर्ष टुिङ्गयो



काठमाण्डौ । विभिन्न माग राख्दै आन्दोलनरत स्थानीय निकाय कर्मचारी र स्थानीय विकाश मन्त्रालय बीच आज संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा बसेको बार्ता विना निस्कर्ष टुङ्गिएको छ ।
दुई हप्ता अघिदेखी आन्दोलनरत स्थानीय निकाय कर्मचारी संघका अध्यक्ष हरी श्रेष्ठको नेतृत्व र संघीय मामिला तथा स्थानीय विकाश मन्त्रालयका सहसचिव चक्र बुढा बार्तामा सहभागी थिए । स्थानीय निकायमा २० औं बर्षदेखि काम गर्दै आएका स्थानीय निकायका कर्मचारीलाई स्थायी गरिनु पर्ने र नव गठित स्थानीय निकायका कर्मचारीहरुलाई स्थानीय तहमा जाँदा सम्मानजनक समायोजन गरिनु पर्ने माग रहेको स्थानीय निमकाय कर्मचारी संघ केन्द्रीय उपमहासचिव जानुका श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : ५ फाल्गुन २०७३, बिहिबार ००:००