१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

सरकार निर्वाचनदेखि डरायो : पूर्वमन्त्री पोखरेल



भक्तपुर, ५ फागुन । नेकपा ९एमाले०का नेता तथा पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले निर्वाचनदेखि डराएर सरकारले निर्वाचनको मिति घोषणा नगरेको बताएका छन्।

रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले एमालेको लोकप्रियता देखेर सरकार निर्वाचनमा जान डराएर निर्वाचनको मिति घोषणा नगरेको बताउनुभयो । नेता पोखरेलले भन्नुभयो–“सरकार संविधान कार्यान्वयनमा भन्दा संविधान संशोधनको अड्को थाप्दै निर्वाचन नगर्न अनेक नाटक मञ्चन गरिरहेको छ, सरकार निर्वाचनमा जानबाट डराइरहेको छ ।”

निर्वाचन नगर्दा दक्षिणपन्थी अतिवादी शक्तिलाई प्रश्रय मिल्ने, संविधान कार्यान्वयन हुन नदिने र मुलुकलाई असफल राष्ट्र बनाउने खेलमा सरकार लागेको उहाँले आरोप लगाउनुभयो । उहाँले आगामी जेठ १५ गतेभित्र स्थानीय तहको निर्वाचन हुनुपर्ने र स्थानीय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयन गरेर सरकारले निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

तराईलाई विभाजन गर्ने डिजाइनअनुसार ५ नम्बर प्रदेशलाई टुक्र्याउन खोजिएको र यसले राष्ट्रियतामाथि गम्भीर असर पर्ने भएकाले संविधान संशोधन कुनै पनि हालतमा पारित गर्न नदिने उहाँले बताए । रासस

प्रकाशित : ५ फाल्गुन २०७३, बिहिबार ००:००