१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

आगामी मङ्सिरसम्म तीनवटै तहको निर्वाचन हुनेःसभापति देउवा



रामेछाप, ४ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर महिनासम्म तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताउनु भएको छ ।

रामेछापको बेथानमा निर्माण गरिएको सहिद गोविन्द खड्काको शालिकको आज अनावरण गर्दै उहाँले आगामी वैशाखमा स्थानीय निकायको निर्वाचन गरी त्यसपछि मङ्सिरभित्र सङ्घीय र राष्ट्रिय निर्वाचन गर्नुपर्ने कुरामा उहाँले जोड दिए।
नेपाल अहिले पनि सङ्क्रमणकालमै रहेको बताउँदै सभापति देउवाले तीनवटै तहको निर्वाचन नसकी सङ्क्रमणकालको अन्त्य नहुने बताए ।

कार्यक्रममा यातायात मन्त्री रमेश लेखकले वर्तमान सरकार निर्वाचन र संविधान कार्यान्वयनको दुईवटा एजेण्डा लिएर बनेको भन्दै त्यसलाई पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संविधानप्रति देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न संसदमा पेस भएको संशोधन विधेयक माथि छलफल गरी मतदान प्रक्रियालाई कसैले रोक्न नसक्ने पनि बताउनुभयो । सो अवसरमा सहिद परिवारलाई सम्मान गरिएको थियो ।

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार ००:००