१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

ग्लोबल

चक्कु आक्रमणमा आठ व्यक्तिको मृत्यु



बेइजिङ, ४ फागुन । चीनको अशान्त क्षेत्र सिन्जीआङ्गको एक भिडमा भएको चक्कु आक्रमणमा आठ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी तीन आक्रमणकारीसहित आठको मृत्यु भएको हो ।

मङ्गलबार साँझ पिसान काउन्टीमा भएको यस आक्रमणमा अन्य दश जना घाइते भएका नजिकैको सहर होतान सरकारले जानकारी दिएको छ । आक्रमण भएको केही समयमा नै प्रहरी यस आक्रमणको अनुसन्धान सुरु भएको जनाइएको छ ।

सन् २०१४ को मार्चमा चीनको दक्षिणपश्चिम प्रान्त कुन्मीङ्गमा एक रेल स्टेसनमा भएको चक्कु आक्रमणमा परी ३१ व्यक्तिको मृत्यु भएको थियो । यस आक्रमणमा चार जना आक्रमणकारी समेत रहेका थिए ।

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार ००:००