१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

महावीरद्धारा म्यागासेसे सहितका आफनो पदक बेच्ने घोषणा



11काठमाडौं  । म्यागसेसे पुरस्कार विजेता महावीर पुनले आफ्ना सबै पदक बिक्री गर्ने घोषणा गरेका छन्।

फेसबूकमा एक स्टाटस लेख्दै उनले २५ वर्ष लामो समय समाज सेवामा सक्रिय हुँदाका सबै पदक बिक्री गर्ने घोषणा गरेका हुन् । उनले बिक्री गर्ने पदकको लिस्टमा ‘रोमन म्यागासेसे पदक’ समेत राखेका छन् ।

उनले बिक्री गर्ने मेडलको लिस्ट नै सार्वजनिक गरेका छन्। उक्त लिस्टमा म्यागासेसे पदकसँगै राष्ट्रदीप, नेपाल सरकारबाट प्राप्त दुई मेडल, युएसएबाट प्राप्त इन्टरनेट हल फेम, युएसएबाटै प्राप्त अनर ग्राज्याजुएट युर्निभरसिटी अफ नेब्रास्का र डा. हर्क गुरुङ पर्वतीय पुरस्कारलगायत रहेका छन्।

पुराना तक्माहरु अथवा मेडलहरु संग्रह गर्न ईच्छुक हुनु हुन्छ भने सम्पर्क गर्नुहोस:

मैले २५ बर्ष सम्म समाज सेवाको काम गर्दा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरु र नेपाल सरकार बाट समेत गरेर बिभिन्न किसिमका पदकहरु पाएको छु. ती पदक हरु कोठाको कुनामा बसिरहेका छन्. यदि पुराना पदकहरुको संग्रहकर्ताहरु कोही हुनु हुन्छ र मैले पाएको पदकहरु किनेर सुरक्षित साथ संग्रह गर्न चाहानु हुन्छ भने इमेल मार्फत मात्र सम्पर्क गर्नु होला. इमेल [email protected] हो. यसबाट आएको सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रमा जाने छ.

अब रह्यो स्पष्टीकरण: ति पुराना पदकहरु लाई बिक्रीमा राखेर मैले ति संस्थाहरु तथा नेपाल सरकारको अपमान गर्न खोजेको पटक्कै होइन बरु ति पदकहरु को उपयोग सहि कामको लागी गर्न खोजेको हो. यसो गर्यो भने ति संस्थाहरुको पनि महत्व बढ्छ र ति पदकहरुको पनि पूर्ण सदुपयोग हुन्छ भन्ने मेरो धारणा छ. ति पदकहरु दिने संस्थाहरुले पनि “महाबीर पुनले भविष्यमा अझै राम्रो काम गरोस” भनेर नै दिएका त होलान नि. पक्कै पनि ति पदकहरु भित्तामा झुन्ड्याएर राख्न मात्र त दिएका होइनन होला त? अर्को कुरा मैले ति पदकहरु म मरे पछि आफु संगै लैजान पनि त सक्दिन नि. त्यसैले म जीउँदो छदै ति पदकहरुको सदुपयोग गर्न खोजेको हो. यो कुरामा म धेरै बाद बिबाद गर्न चाहान्न. यो मेरो निर्णय नै हो. कसैले कमेन्ट गरेर पदक नबेच्ने सुझाब नदिनु होला. पदकहरुको विवरण यस प्रकार छ.

१. रामोन म्यागसेसे पदक, फिलिपिन्स बाट
२. राष्ट्रदीप, नेपाल सरकार बाट (२ वटा मेडल)
३. Internet Hall of Fame – USA बाट
४. Honor Graduate – University of Nebraska USA बाट
५. डा. हर्क गुरुङ पर्वतीय पुरस्कार – नेपाल बाट
धन्यबाद!!!

 

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार ००:००