१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

क्याम्पस प्रमुख सहित तीन जना सम्पर्कविहीन



धनगढी, ४ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पूर्वसन्ध्यामा कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना आज दिउँसोबाट सम्पर्कविहीन भएका छन् ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिं कार्कीले क्याम्पसका प्रमुख भीष्म थापा, सहायक प्रमुख अम्बर रावल र निर्वाचन अधिकृत कमल विष्टको फोन ‘स्वीच अफ’ भई सम्पर्कविहीन भएकाले उहाँहरुको खोजी भइरहेको जानकारी दिए ।

उहाँहरु अपहरणमा परे÷नपरेकाबारे अहिल्यै भन्न नसकिने कार्कीले बताउनुभयो । विप्लब नेतृत्वको नेकपा माओवादीको भातृ सङ्गठनले स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन चेतावनी दिएको जनाइएको छ । स्ववियु निर्वाचनका लागि आजबाट निर्वाचनको कार्यतालिका प्रकाशन गर्ने तयारी थियो ।

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार ००:००