१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

Life Style

परम्परागत पोशाक युवामाझ लोकप्रिय बनाउँदै योङहाङ्ग



kalpana-yonghang1

काठमाडौ । प्राचिन कालमा संसारभरका मानिसहरु रोम जान चाहान्थे, किनकी रोम त्यो समय मानव सभ्याताको केन्द्र थियो । अहिले मानिसहरु अमेकिका जान चाहान्छन् बर्तमान मानव सभ्यताको केन्द्र अमेरिका बनेको छ । यसरी हेर्दा हाम्रो नेपाली सभ्यताको केन्द्रविन्दु काठमाण्डौ हो । नेपालका प्रत्येक कुनाका मानिसहरु काठमाण्डौ आउने चाहाना राख्छन् । हरेक कुराको विजारोपण र प्रवाह अहिलेसम्म यहिबाट हुदै आएको छ । संघर्षबाट मात्रै सफलता प्राप्त गर्न सकिन्छ त्यसमा मानव सभ्यताको मूल प्रवाहमा वहनै पर्छ भन्ने कल्पना योङहाङ्ग (लिम्बू)ले जब मनन् गरिन उज्यालो भविष्यको सपना पछ्याउँदै काठमाण्डौं आइपुगिन । उनको काठमाण्डौ संघर्षको कथा लामो मात्र होइन घुमाउरो पनि छ । जसले संघर्ष गर्छ उसैले कथा बुन्छ । आउने पिँढीको लागि प्रेरणाको कथा । पाँचथर थर्पूकी ढाका बिशेषज्ञ योङहाङ् आफै एउटा कथा बनेकी छिन् आज ।

1

उनी लोप हुदै गइरहेका लिम्बू समुदायकोे परम्परागत व्यवसाय तानमा कपडा बुन्ने परम्पराको जर्गेना गरिरहेकी छिन् । लिम्बुवानी सभ्याताको केन्द्र पाँचथरको थार्पुमा जन्मेकी योङहाङ्गले परिवारमा बच्चादेखि आमा दिदीहरुले बुनेको देख्दा देख्दै बुन्न सिकेकी थिइन् । घरमा आफ्नै लागि तानमा कपडा बुन्ने गरिन्थ्यो । तानसँग खेल्दाखेल्दै हुर्किइन् । त्यही बेला उनी सोच्थिन् जीवनमा एक सफल उद्योगकर्मी बन्छु भनेर । नभन्दै समयले उनलाई आज काठमाडौंको प्रतिस्पर्धाले भरिएको वातावरणमा एक सफल उद्यमी मात्र बनाएन ढाका विशेषज्ञ कल्पना योङहाङ्गले (लिम्ब’) भनि आफूलाई स्थापित गर्न सफल भइन ।
पाँचथरमा समेत तान बुन्ने प्रचलन लोप हुँदै गएको अवस्थामा उनले यहाँ यही परम्परगत तान चलाउने कामलाई रोजिन डिजाइनको लागि १० हजार घण्टा तालिम समेत लिएर काठमाडौं गोकर्णेश्वरमा उनले व्यवसाय शुरु गरिन ।
६२ सालदेखि व्यवसाय शुरु गरेको यस व्यवसायलाई उनले २०६४ सालमा वैधानिक रुपमा दर्ता गरिन् ‘द हाइल्यान्ड आर्ट । १५ हजारको सानो लगानी गरेर आफ्नो व्यवसाय शुरु गरेकी थिइन् । आजको दिनसम्म १ सय ४५ भन्दा बढी कामदारलाई तालिम र रोजगार दिन सफल भएकी छिन् । “तालिम त सबैलाई दिन्छु तर विशेष गरी एकल महिला, टुहुरा र विदेशबाट बेचिएर आएकी चेलीलाई प्राथमिकता दिइरहेको छु । महिलामात्र पनि भन्दिन । अहिलेसम्म ८ जना पुरुषहरुलाई पनि तालिम दिइसकें,” उनी भन्छिन् ।
लिम्बू जातीको विशेष पोशाक पुरुषहरुले लगाउने तागावा र महिलाहरुले लगाउने मेख्ली हाईल्यान्ड आर्टमा उत्पादन हुने विशेष पहिरनहरु हुन् । साडी, दौरा सुरुवाल, टोपी, कोट, कुर्ता सुरुवाल, झोला, जुत्ता, पर्स इत्यादि त त्यहाँ बनाइन्छन् नै तर लिम्बूहरुको पहिरन त्यहाँको विशेषता नै हो ।

2

उनका उत्पादनहरु नेपालमा मात्र नभएर विश्वका ३३ देशमा पुगिरहेका छन् । यहाँ उत्पादित सामाग्रीहरु अमेरिका, हङकङ, बु्रनाई, इटाली, थाइल्यान्ड, सिंगापुर, इन्डिया लगायतका आदि देशमा निर्यात गरिन्छन् । उनकै डिजाइन र यहीँबाट उत्पादित मेख्लीले २०१४ की मिस नेपाल सुबिन लिम्बू समेत सजिएकी थिइन् । साथै उत्पादनलाई युवा पुस्तासम्म पु¥याउनका लागि २२ ठाउंमा फेसन सो समेत गरिसकेकि छिन् .
“दृढ संकल्प लिएर संर्घष गर्दै जाँदा सफलता प्राप्त हने योङहाङ्गको विश्वास छ । मान्छे भएर जन्मेपछि राष्ट्रको लागि र समाजको लागि केही गर्नु पर्छ । यो कुरालाई मनमा राखेर अगाडि बढ्नु पर्छ,” उनी भन्छिन् ।
योङहाङ्ग एक सफल उद्यमी मात्र नभएर लिम्बू समुदायको परम्परागत पेशाको संरक्षक पनि हो । अहिले उनी लोप हुदै गईरहेको घरेलु उद्योग बचाइ राख्न नेपालभर शाखा खोली नेपालीहरुको परम्परागत शिपलाई उद्योगको रुप दिँदैछिन् ।
शुरुवाती दिनमा मैले धेरै दुःख पाएको थिएँ । यसको कथा लामो छ । आज यसैको प्रेरणाले यहाँसम्म आइपुगेकी छु । त्यसबेला द्वन्द्वको कारणले पनि उद्योगहरु विस्थापित थिए, बजार थिएन, जीवन कष्टकर नै थियो, उनी भन्छिन् । तर अहिलेसम्मको यात्रामा उनी खुशी छिन् ।
५० वर्ष नाघेकी कल्पना आजभोलि आफ्नो जीवनदेखि सन्तुष्ट छिन् । विश्वका ३३ वटा देशमा टेक्न पाएकी छिन् ।
अहिलेसम्म आइपुग्दा उद्योगले बार्षिक ३५ देखि ४० लाखको कारोबार गर्न सफल भएको छ । शुरुमा आवश्यक सामान नहँुदा धेरै दुःख झल्नुपरेको उनको भनाइ छ । ११ बर्षको अन्तरालमा आफ्नो व्यवसायले लिएको आकारलाई उनी यसको चुलिँदो लोकप्रियताको मापक ठान्छिन् ।
उनका अनुसार हाते तानबाट बुनेको ढाका कपडाहरुप्रति नयाँ पुस्ताका युवा युवतीहरु बिस्तारै आकर्षित हुँदैछन् । हाते तानबाट तयार भएको यहाँका उत्पादित सामानहरु ५० रुपौंयादेखि २५ हजारसम्म पर्ने उनले बताइन् ।
कारखानामा आएर काम गर्न नभ्याउनेका लागि घरैमा तान जडान गरिदिएकी छिन् । त्यति गर्दा पनि माग अनुसार आपूर्ति गर्न नसकेको उनले सुनाइन् । उनले अहिले भक्तपुर, कीर्तिपुर अदि ठाउँमा समेत कारखाना खोलेर स्थानीयहरुलाई काम गर्ने अवसर दिइरहेकी छिन् ।

3

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार ००:००