९ आश्विन २०८०, मंगलबार । September 26, 2023

Slider samachar

थानेश्वरले गरे अमेरिकामा नेपालीको कराते स्कुल उद्घाटन



थानेश्वर राई मन्तब्य राख्दै

अमेरिका । नेपाल कराते महासंघका संस्थापक अध्यक्ष थानेश्वर राईले महिला हिंसा हटाउन आत्मरक्षाका लागि मार्सल आर्ट सिक्न आवस्यक रहेको बताएका छन् ।
अमेरिकाको न्युयोर्कमा स्थापना भएको ईन्टरनेश्नल मार्शल आर्ट एसोसिएसन नामक कराते खेलकुद स्कुल उद्घाटन समारोहलाई आईतवार सम्बोधन गर्दै राईले यस्तो बताएका हुन् । कराते सिकेको महिलालाई कसैले हत्तपत्त आक्रमण गर्न नसक्ने प्रमुख अतिथि समेत रहेका राईले बताए । युएसनेपाल स्पोर्टस एण्ड आर्टसका माहासचिव छेवाङ लामाले नेपालको प्रतिनिधित्व गरेर अमेरिका बाटै पनि अन्तराष्ट्रिय खेलमा सहभागि हुन सकिने बताए । लामाले अमेरिकामा अव करातेको ठुलो डिमान्ड भएको पनि बताए ।
स्कुलका संस्थापक तथा अमेरिकाबाट अन्तराष्ट्रिय कराते प्रशिक्षक पर्खि खालिङले आफुले छोटो समयमा विद्यालय स्थापना गर्न सकेकोमा खुसी ब्यत्त गरे । यस स्कुलको विकासको लागि सवैको सहयोग रहेको पनि बताए । उनले कराते सिक्ने विद्यार्थीहरुको ब्याक्तिगत विकास, असल नागरिक बनाउनका लागि सक्दो सहयोग गर्ने पनि बताए । खालिङले अमेरिकामा नेपाली समाज हामीनै हो । हामीलेनै असल समाज बनाउनु पर्ने पनि बताए ।
युएसनेपाल स्पोर्टस एण्ड आर्टसका अध्यक्ष नरबहादुर दाहाल , गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिसद न्युयोर्क च्याप्टरका अध्यक्ष पेम्बा दोर्जे सेर्पा, नेपाल आदिवासी जनजाती महासंघका अमेरिका संघीय परिषदका अध्यक्ष विनोद पोमु, सेर्पा ब्युरो अमेरिकाका अध्यक्ष दावा सेर्पा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका माहासचिव प्रेम गुरुङ, समाजसेवी केशबराम राई, जेवि लामा, पत्रकार आङछिरिङ शेर्पा लगायत अन्य ब्याक्तित्वहरुको समेत उपस्थिति थियो । प्रशिक्षार्र्थिहरुबाट विभिन्न काता समेत प्रदर्शन गरेको समारोह मकर राईको अध्यक्षतामा भएको थियो ।
सोलुखुम्बु मुलथलो भएका पर्खि खालिङ राई २००९ सालदेखि शान्त थोकर संग मिलेर अमेरिकामा करातेमा लागि परेका थिए । खालिङले अहिले आफ्नो स्वामित्वमा विधिवत कराते स्कुल खोलेका हुन् ।

प्रकाशित : २ फाल्गुन २०७३, सोमबार ००:००