१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

मुख्य खबर

प्रहरी महानिरीक्षकको नियुक्तिमा मेरो संलग्नता छैन: सभापति देउवा



काठमाडौँ, १ फागुन । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा केही सञ्चारमाध्यमले आफ्नो नामलाई जोडेर समाचार प्रकाशित गरेकामा ध्यानाकर्षण भएको नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले जनाएका छन्।

प्रहरी महानिरीक्षक नियुक्त गर्ने विषय नितान्त मन्त्रिपरिषद्को अधिकार क्षेत्रको विषय भएको उल्लेख गर्दै उनले विज्ञप्तिमार्फत त्यस विषयमा पार्टी सभापतिको नाताले आफ्नो कुनै संलग्नता नरहने उल्लेख गरेका छन् ।

“कानुनअनुसार मन्त्रिपरिषद्मा नियुक्तिको अधिकार रहेको प्रहरी महानिरीक्षक बनाउने विषयमा केही सञ्चारमाध्यमले नियोजित रुपमा उहाँको नाम जोडेर प्रकाशित गरेको समाचार झूटो, भ्रामक र कपोलकल्पित भएको यसै प्रेस नोटमार्फत स्पष्ट पार्न चाहन्छु,” सभापति देउवाका तर्फबाट उनका सहयोगी केशवराज जोशीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले आजै नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : १ फाल्गुन २०७३, आइतबार ००:००