१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

शसस्त्र प्रहरी वलको आइजिपीमा श्रेष्ठ र नेपाल प्रहरीमा चन्द नियुक्त



काठमाडौँ, १ फागुन । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आज दुई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
दुवै सङ्गठनका प्रमुखको समयावधि समाप्त हुन लागेकाले सरकारले आज नियमित कार्यसूचीबाहेक उक्त नियुक्ति मात्र गरेको सूचना तथा सञ्चारमन्त्री कार्कीले बताए।

प्रकाशित : १ फाल्गुन २०७३, आइतबार ००:००