९ आश्विन २०८०, मंगलबार । September 26, 2023

Slider samachar

आयुर्वेदलाई गौरवमय स्थान दिलाउनुपर्नेमा जोड



Aayuberdकाठमाडौँ, १ फागुन । अञ्चल आयुर्वेद औषधालय, जयबागेश्वरी, काठमाडौँको आयोजना तथा स्थानीय ‘हाम्रो रामकोट बचत तथा ऋण सहकारी संस्था’को सहयोगमा शनिबार नागार्जुन नगरपालिका, फस्कुमा आयोजित निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा करिब ४०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधि वितरण गरिएको छ ।

कार्यक्रममा अञ्चल आयुर्वेदिक औषधालयका कविराज निरीक्षक डा श्रवणकुमार श्रेष्ठले महान् चिकित्सा पद्धति आयुर्वेदलाई पुनः गौरवमय स्थान दिलाउनुपर्नेमा जोड दिनुभयो । “आधुनिक चिकित्सा पद्धतिमा जस्तो आयुर्वेदले कुनै नकारात्मक असर गर्दैन, यो हाम्रो मौलिक चिकित्सापद्धति हो”, उनले भने।
इचङ्गुनारायण आयुर्वेद औषधालयका इन्चार्ज मीना दुवाडीले आयुर्वेदप्रति मानिसको आकर्षण बढिरहेकाले यसलाई प्रवद्र्धन गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित : १ फाल्गुन २०७३, आइतबार ००:००