८ बैशाख २०८१, शनिबार । April 21, 2024

मुख्य खबर

प्रधानमन्त्री दाहाल र सभापति देउवा भेटवार्ता



काठमाडौँ, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच स्थानीय निर्वाचन, संविधान संशोधनलगायत विषयमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

उहाँहरुबीच अन्य दलसँगको परामर्शमा निर्वाचनको मिति तय र संविधान संशोधनबारे कसरी सहमति जुटाउन सकिन्छ भन्नेबारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव र महान्यायाधिवक्तासमेत सहभागी छलफलमा नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्तिका विषयमा पनि कुराकानी भएको बुझिएको छ ।

सम्भवतः आइबार दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा ती विषयमा छलफल हुनेछ ।

प्रकाशित : २९ माघ २०७३, शनिबार ००:००