७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

चुनावको मिति घोषणा गरे सहकार्य : एमाले उपाध्यक्ष रावल



हेटौँडा, २९ माघ । नेकपा ९एमाले०का उपाध्यक्ष भीम रावलले अहिलेको सरकारले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्छ भने रचनात्मक रुपमा सहयोग गर्न तयार रहेको बताए ।

युवा सङ्घ नेपाल मकवानपुरको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रवेश कार्यक्रमको आज हेटौँडामा उद्घाटन गर्दै उनले स्थानीय तह पुनःसंरचना आयोगले तयार गरेको प्रतिवेदनअनुसार चुनाव गराएमा एमाले सरकारसँग सहकार्य र सहयोग गर्नका लागि तयार रहेको बताए।

अहिलेको अवस्थामा आयोगले गरेका निर्णय कार्यान्वयन नगर्ने र चुनाव पनि नगर्ने अवस्थामा सरकार रहेको बताउँदै उहाँले भने, “१८ वर्षदेखि स्थानीय निकायको चुनाव नगर्दा समस्या भएको छ । आम नागरिक चुनाव चाहन्छन् ।”

एमालेसँगको कुराकानीका आधारमा सरकारले दुई चरणमा गरी वैशाखको अन्त्यमा र जेठमा स्थानीय निकायको चुनाव गर्ने बताएको एमाले उपाध्यक्ष रावलले बताए ।

कार्यक्रममा नेकपा ९एमाले०का केन्द्रीय सदस्य विरोध खतिवडाले मुलुकको परिवर्तनकारी आन्दोलनमा एमाले लागेको बताउनुभयो । आफू धेरै आन्दोलनमा जेलसमेत बसेको बताउँदै उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा देशको रक्षा गर्नका लागि आम युवा डटेर लाग्नुपर्ने बेला आएको छ ।”

युवा सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष महेश बस्नेतले अबको समयमा सिर्जनशील, लगनशील र उद्यमशील आन्दोलनमा युवा लाग्नुपर्ने बताए ।

एमालेका नेता कार्यकर्तामाथि माओवादी सरकार आएपछि आक्रमण भएकाले यसलाई रोक्नका लागि युवा सङ्घले युथफोर्स बनाएर अगाडि बढ्ने बताउनुभयो । युवा सङ्घ नेपाल मकवानपुरका अध्यक्ष सन्तोष चौलागार्इंको अध्यक्षतामा कार्यक्रममा भएको थियो । रासस

प्रकाशित : २९ माघ २०७३, शनिबार ००:००