१० बैशाख २०८१, सोमबार । April 22, 2024

Uncategorized

झापामा एकतीस दल दर्ता



बनियानी (झापा) २९ माघ । जिल्ला निर्वाचन कार्यालय झापामा ३१ दल सूचीकृत भएका छन् ।
त्यसैगरी पाँच लाख तीन हजार १७३ जना मतदाताले नाम लेखाएको र जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । तिनमा दुई लाख ५३ हजार ३० महिला, दुई लाख ५० हजार एक सय ३९ पुरुष र चार तेस्रो लिङ्गी छन् ।
कार्यालयले सञ्चालन गरेको एकमहिने मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत १३ हजार आठ सय तीन मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले बताए ।

प्रकाशित : २९ माघ २०७३, शनिबार ००:००