७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

सरकारी अस्पतालमा खानेपानीको अभाव



सल्यान, २९ माघ । जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको छ । चौबिसै घन्टा पानीको आवश्यक हुने अस्पतालमा पानीको अभाव भएपछि सरसफाइमा समेत समस्या देखिएको छ । दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको अस्पतालले जनाएको छ । हप्तामा एक दुई २ पटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिए। अस्पताल जस्तो अति संवेदनशिल संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको डा रावलले वताउनुभयो । “अस्पतालमा अहिले दैनिकजसो शल्यक्रिया हुन्छ । शल्यक्रियापछि सरसफाइका लागि पनि धेरै पानी चाहिन्छ, अरु त के अहिले सबैलाई पिउने पानी समेत पुग्दैन”, डा रावलले भने। शौचालय अति फोहोर हुनामा आफूले मात्र चासो नदिएर नभएको डा रावलले जिकिर गर्नुभयो । “अस्पतालमा बिरामीले प्रयोग गर्ने शौचालय हामीले चासो नदिएर मात्र फोहोर हुँदैन, बिरामीको लापर्बाहीले पनि भएको छ । बिरामीले शौचालयमा प्याड समेत फाल्ने गरेकाले फोहोर देखिएको हो” डा रावलले भन्नुभयो । अस्पतालको शौचालयले दुर्गन्ध बाहिरसम्म फैलिएको छ । अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने उहाँको भनाइ छ ।

प्रकाशित : २९ माघ २०७३, शनिबार ००:००