१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

‘संविधान संशोधनपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा’



नवलपरासी, २८ माघ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा गरिने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल नवलपरासीले आज परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता र छलफल गरी सीमाङ्कनलगायत सबै समस्या समाधान गरेर सरकार देशलाई समाधान दिन लागिपरेको स्पष्ट पारे।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एमालेको संवाद सुरु भएको र संवाद सकारात्मक भएकाले संविधान संशोधनको प्रस्ताव सफल हुनेमा आफू विश्वस्त रहेको उनको भनाई थियो।

प्रकाशित : २८ माघ २०७३, शुक्रबार ००:००