७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

प्रबिधि

‘इण्डिया सफ्ट २०१७’ मा २५ नेपाली स्टार्टअप युवाको समुह सहभागी हुदै



भारतको हैदरावादमा यही फेब्रुअरी १३ र १४ गते इंडिया आइटी शोको रुपमा “इण्डिया सफ्ट २०१७” आयोजना हुदै छ । इसिएसको मुख्य आयोजना र भारत सरकार को सहयोगमा हुने उक्त कार्यक्रममा सहभागी हुनलाई नेपालका तर्फबाट एक डेलिगेसन समुह जाने भएको छ । २५ स्टार्टअपका प्रतिनिधि, केहि उद्यमी र पत्रकार सहित ३२ जनाको टोलि उक्त कार्यक्रममा नेपालको डेलिगेसनको रुपमा सहभागी हुन् लागेको हो । विश्वका ७५ भन्दा बढी देशहरुबाट सहभागी हुने उक्त कार्यक्रममा आइसिटी क्षेत्रका पछिल्ला प्रबिधि, सफ्टवेयर, एप्प लगायतको प्रदर्सनी र कन्फरेन्स आयोजना हुने नेपालका तर्फबाट नेतृत्व गर्नु भएका आइसिटी एसोसिएसन अफ नेपालका अदक्ष्य भेषराज पौडेलले बताए । “यो आइटीको अन्तराष्ट्रिय एक्स्पो हो, जसमा नेपाली उद्यमी र स्टार्टअपलाइ अन्त्यन्त राम्रो प्लेटफर्म हुनसक्छ” उनले भने । उक्त कार्यक्रममा स्थानीय भारतीय सरकार, इन्डस्ट्री एण्ड कमर्सको प्रत्यक्ष सहयोग रहेको छ । उक्त आइटी एक्स्पोमा विभिन्न देशबाट ४०० भन्दा बढी डेलिगेटस सहभागी हुनेछन् भने १०० बढी क्याटेगोरिजमा प्रदर्सनी हुनेछन् । आइसिटी एसोसिएसन अफ नेपालको बिसेष पहलमा भारतीय दुताबासको सहयोगमा गत बर्षदेखि आइटीका युवा र उद्यमी उक्त कार्यक्रममा सहभागी हुदै आएका छन् । यस बर्ष नेपालको आइटी क्षेत्रमा नया ढंगले काम गरिरहेका स्टार्टअप युवाहरुलाई बिशेष प्राथमिकताका साथ सहभागी गरिएको लिभिंग विथ आइसिटीका सम्पादक राजन लम्सालले बताए । इलेक्ट्रोनिक्स एण्ड कम्प्यूटर सफ्टवेयर एक्सपर्ट प्रमोशन काउन्सिल (इएससी)को आयोजनामा हुने इण्डिया सफ्ट २०१७ हैदरावाद इन्टरनेशनल कन्भेन्सन सेन्टरमा हुनेछ । उक्त कार्यक्रममा सहभागी हुने मध्ये एक विकाससफ्ट टेक्नोलोजी प्रा.लि.का प्रवन्ध निर्देशक विकास तामाङले कर्यक्रममा जना पाएकोले उत्साहित भएको बताए । तामाङले यो कार्यक्रमबाट नेपाली टेक्नोलोजी क्षेत्रका लागि अन्तर्राष्ट्रिय व्यापार बढ्नसक्ने र नेपालमा नयाँ टेक्नोलोजी भित्रिन मद्दत पुग्ने बताए । विकाससफ्ट टेक्नोलोजी ले गत ३ बर्ष देखी वेबसाईट डिजाइनिङ तथा डेभ्लोप्मेन्ट, वेब मार्केटीङ्, ब्रान्डिङ , मोबाईल एप को काम गरिरहेको छ ।

प्रकाशित : २७ माघ २०७३, बिहिबार ००:००