५ श्रावण २०८१, शनिबार । July 20, 2024

अर्थ

मुलुकको आर्थिक स्थितिबारे छलफल



nepali-note-300x210काठमाडाँै, २७ माघ । मुलुकको वर्तमान आर्थिक अवस्थाबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थ र राजस्व सचिवका साथै केन्द्रीय बैंकका गभर्नरसँग सामूहिक छलफल गरेका छन् ।
अर्थ मन्त्रालयमा आज भएको छलफलमा पुँजीगत खर्च वृद्धि, राष्ट्रिय गौरवका आयोजनालाई रकमको अभाव हुन नदिने, वित्तबजारमा देखिएको तरलता अभाव, राजस्व सङ्कलनको लक्ष्य प्राप्ति, राजस्व चुहावट नियन्त्रणलगायत विषयमा छलफल भएको थियो ।
उपप्रधानमन्त्री महरालाई देशको पछिल्लो आर्थिक अवस्थाबारे अर्थ सचिव शान्तराज सुवेदी, राजस्व सचिव राजन खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आफूमातहतका निकायबाट बजेट कार्यान्वयन, मौद्रिक नीतिको प्रभावकारिता, राजस्वका लक्ष्य र चुनौतीका साथै हालसम्मका प्रगतिबारे जानकारी गराएका थिए ।

प्रकाशित : २७ माघ २०७३, बिहिबार ००:००